Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आर्सनललाई गम्भीर झट्का लाग्यो

Tuesday, April 11, 2017 National Power

२९ चैत, – इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने आर्सनलको सपनामा गम्भीर झट्का लागेको छ ।

हिजो राति भएको खेलमा आर्सनल रेलिगेशनबाट जोगिन संघर्षरत क्रिष्टल प्यालेससँग ३–० ले पराजित भएपछि उसको च्याम्पियन्स लिग सपनामा झट्का लागेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलार्य जिताउन एन्ड्रोस टाउनसेन्ड, योहान काबायी र लुक मिलिभोजेभिकले गोल गरे । १७ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ६३ औं मिनेटमा काबायी र ६८ औं मिनेटमा मिलिभोजेभिकले गोल गर्दै प्यालेसलाई जित दिलाए । जितपछि प्यालेस रेलिगेशन जोनबाट ६ अंकमाथि पुगेको छ । १६ औं स्थानको उसको ३१ खेलबाट ३४ अंक भएको छ । हारपछि छैटौं स्थानको आर्सनलको ३० खेलबाट ५४ अंक भएको छ । लिगका ८ खेल बाँकी हुँदा आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात तथा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ ।