Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

सुतिरहेको अवस्थामा युवतीमाथि गोली प्रहार

Tuesday, April 11, 2017 National Power

२९ चैत, वीरगञ्ज – २३ वर्षीया युवतीमाथि सुतिरहेको अवस्थामा वीरगञ्जमा गोली प्रहार भएको छ ।

पिपरा–१४ निवासी निलु पटेललाई बिहिबार राती घरमा सुतिरहेको अवस्थामा गोली प्रहार भएको हो । निलुको हाल नेसनल मेडिकल कलेजमा उपचार भइरहेको र उनको टाउकोको पछाडीको बाँया भागमा गोली लागेको थियो उनको अवस्था चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् ।

प्रहरीले निलुका श्रीमान् धिरेन्द्र पटेललाई गोली प्रहार गरेको आशंकामा पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।