Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

प्रहरी महानिरिक्षकमा अर्याल, अाजै पद बहाली गर्ने

Monday, April 10, 2017 National Power

२८ चैत, काठमाडाैँ – निकै समयकाे रस्साकस्सी पछि सरकाले अाज नेपालकाे प्रहरीकाे महानिरिक्षाकमा डिअाइजी प्रकाश अर्याललाइ नियुक्ती गरेकाे छ । पहिलाे वरियाताका नवराज सिलवाल र अर्का दावेदार जयबहादुर चन्दलाइ पछि पार्दै अर्याल महानिरिक्षक बन्न पुगेका हुन ।

करिब २ महिना अघि सरकारले नवराज सिलवाललाइ नयाँ अाइजी नियुक्त गरेकाे थियाे । तर पहिलाे वरियाताका नवराज सिलवाल र अधिवक्ता कपिलदेप ढकालले रिट हाले पछि सर्वाेच्चले चन्दकाे नियुक्ती नियमसंगत नभएकाे भन्दै खारेज गरेकाे थियाे । केही समय अघि भएकाे पुर्ण फैसलामा सर्वाेच्चले अप्रत्यक्ष रूपमा नवराज सिलवाललाइ अाइजी  नियुक्त गर्न अादेश दिएकाे थियाे ।

तर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकाे दबावमा नियुक्त भएका चन्दकाे नियक्तलाइ सर्वाेच्चले खारेज गरेपछि कुनै पनि हालतमा नवराज सिलवाललाइ नियुक्त नगर्ने पक्षमा देउवा उभिएका थिए ।

यसै वीच नव नियक्त अाइजी प्रकाश अर्यालले अाजै पदभार सम्हाल्ने भएका छन् ।