Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

मानसिक तनाव घटाउने यी ७ तरिका पढ्नुहोस्

Monday, April 10, 2017 National Power

डा.कपीलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक

१‍‍. काम गर्ने राम्रो वातावरण : राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय प्रमुखले ध्यान दिनुपर्छ भन्ने र आफू पन्छिने भन्दा, आफैं अघि सरेर काम गर्ने वातावरण बनाउने प्रयास गर्नु उत्तम मानिन्छ ।

२. राम्रो सम्बन्ध : अफिसमा काम गर्ने स्टाफसंग राम्रो सम्वन्ध र विश्वासको वातावरण बनाउनुपर्छ । एक अर्कामा विश्वास, प्रेम, सदभाव भएन भने अफिसको वातावरण राम्रो हुन सक्दैन । एक आपसमा विश्वासको वातावरण भयो भने यसले टिमवर्कका लागि धेरै फाइदा पुग्छ ।

३. गफ गरेर समय खेर नफाल्ने : राम्रो काम गर्न समय चाहिन्छ, काममा ध्यान दिनुपर्ने हुन्छ । यस्तो बेलामा फोनमा अनावश्यक रुपले, जरुरी नभएका कुरामा वा अनावश्यक गफ गरेर समय बिताउनु प¥यो भने राम्रो काम गर्न सकिदैन र काम पूरा हुँदैन । आफूले सुरु गरेको काम पूरा भैसकेपछि भने केही फोनकल लिन र छोटो गफ पनि गर्न सकिन्छ । त्यसका लागि केही समय पछि कुरा गर्न सकिन्छ ।

४. सधैं सकारात्मक कुरामा बढी जोड दिने : अरुको विचार आफूसंग नमिल्न सक्छ तर त्यसो भन्दैमा त्यो विचार नै ठिक होइन भन्ने निस्कर्ष निकाल्नु हुँदैन । त्यस्तै गरेर अरुसंग कुरा गर्दा केही मानिसले आफ्ना कुरा मात्र बढी गर्ने गर्छन् र अरुको कुरा सुन्न चाहँदैनन् । अरुको कुरा राम्रोसंग नसुनिदिनु भनेको उनको अनादर गर्नु हो त्यसैले अरुको कुरा ध्यान दिएर सुन्ने बानी बसालौ । केही मानिस अरुको नराम्रो कुरा मात्र कोट्याउन चाहन्छन् त्यस्तो गर्दा संबन्ध चिसो हुन्छ । नराम्रो कुरालाई वास्ता नगरेर राम्रो कुरा वा सकारात्मक कुरामा छलफल अघि बढाउनु राम्रो हुन्छ ।

५. राम्रो कामको जस आफूले मात्र नलिने : हामीहरु सबैको प्रयासले यो काम सफल हुन सकेको हो भनेर आफ्नो टिमलाई नै जस दिने बानी बसाल्नुपर्छ । सम्पन्न गरेको काममा कसैको बढी र कसैको घटी मेहनत परेको हु सक्छ तै पनि जस टिमले लिनु राम्रो हुन्छ ।

६. बिग्रेको कामको दोष अरुमाथि नथोपार्ने : राम्रो कामको जस आफूले लिने र बिग्रेको कामको दोष अरुमाथि थोपर्ने बानी कसै–कसैको हुन्छ । यस्तो कहिल्यै पनि गर्नु हुँदैन । नराम्रो कामको दोष आफूले लिन सक्नु धेरै ठूलो कुरा हो । त्यसो गर्दा आफ्नो टिमले तपाईलाई झन् आदर भावले हेर्नेछ ।

७. साथीहरुको काममा सहयोग गर्ने : प्राविधिक कठिनाईले, ज्ञानको कमी, नयाँ कर्मचारी भएकालेजस्ता विभिन्न कारण कार्यालयका कर्मचारीलाई काम पूरा गर्न कठिनाई हुनसक्छ, त्यस्तो बेलामा चाहिएको छ भने सहयोग दिनु राम्रो हुन्छ । आफ्ना सहकर्मीहरुले राम्रो काम गर्नु भनेको पनि टिमको काम नराम्रो हुनु भनेको हो ।
#स्वास्थ्य पत्रिकाबाट साभार