Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जीप दुर्घटनामा हवल्दारको मृत्यु,सशस्त्रका डिएसपी गम्भीर घाइते

Monday, April 10, 2017 National Power

२८ चैत, दोलखा – शसस्त्र प्रहरीका डिएसपी सम्भुजंग थापा सहितका प्रहरी कर्मचारी सवार दोलखाको सिंगटी नजिकै पर्ने विगु गाउँपालिका–७ मा जीप दुर्घटनाग्रस्त भएको छ ।
दोलखाको लामाबगरबाट चरिकोटतर्फ आउँदै गरेको जिप बिगु–६ स्थित सडकबाट करिब २५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले जानकारी दिए ।
कालीञ्चोक गाउँपालिस्थित अपर तामाकोसी हाईड्रोपावर सुरक्षा बेस इन्चार्जका रुपमा कार्यरत डिएसपी थापा दुर्घटनामा परेर गम्भीर घाईते भएका छन् । उनको टाउको र घाँटीमा चोट लागेको बताइएको छ भने शसस्त्रका जवान शिव कुसवार माझी घाइते भएका छ । जीपमा सवार हवल्दार मोहन बहादुर घिमिरेको मृत्यु भएको बताइएको छ । घाइते डिएसपी र जवानलाई थप उपचारको लागि काठमाडौं पठाईएको कार्कीले जानकारी दिए ।