Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मिस मंगाेलको ३ बर्षको तयारी सुरु

Sunday, April 9, 2017 National Power

२७ चैत – अबको मिस मंगोल नेपालको आयोजना नवौ, दशौ र एघारौ संकरणको एकसाथ हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएपछि दशौ संकरण तयारी गर्न थालिएको आयोजकले बताए ।

मिस मंगोल सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र सन् २०१९ मा हुने ११ औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुने भएको छ ।

२०७४ जेठ २७ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष धरान, काठमाडौं, बुटवल र पोखरामा अडिसन हुने छ ।

प्रतयिोगीतामा सहभागी हुन एसएलसी पास, पाँच फिट उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल युवतीले आवेदन दिन सक्नेछन् ।

प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि विदेशी भूमिका लैजान लागिएको छ ।