Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

मिस मंगाेलको ३ बर्षको तयारी सुरु

Sunday, April 9, 2017 National Power

२७ चैत – अबको मिस मंगोल नेपालको आयोजना नवौ, दशौ र एघारौ संकरणको एकसाथ हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएपछि दशौ संकरण तयारी गर्न थालिएको आयोजकले बताए ।

मिस मंगोल सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र सन् २०१९ मा हुने ११ औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुने भएको छ ।

२०७४ जेठ २७ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष धरान, काठमाडौं, बुटवल र पोखरामा अडिसन हुने छ ।

प्रतयिोगीतामा सहभागी हुन एसएलसी पास, पाँच फिट उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल युवतीले आवेदन दिन सक्नेछन् ।

प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि विदेशी भूमिका लैजान लागिएको छ ।