Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

डोटीमा असिना पानीले किसानको गहुँबाली सखाप

Friday, April 7, 2017 National Power

डोटी २५ चैत ,डोटी- बिहिबार देखिको लगातारको असिना पानीले सुदुपश्चिमका विभिन्न जिल्लाका किसानको गहुँबाली सखाप पारेकोे छ ।

पानीसंगै आएको असिनाले डोटी डडेल्धुरा लगायत सुदुरपश्चिमका ७ पहाडी जिल्लामा गहुँबालीमा ठुलो क्षेति पुर्याएको किसानहरुले बताएका छन् ।

डोटीको  शिखर नगरपालिका तत्कालिन कपल्लेकि गाविसमा किसानको पाकिसकेको गहँ  र जौँ बालीमा असिनाले ठुलो नोक्सानी पुर्याउनुका सथै भखैरै टुसाउदै गरेका दुई पाते फर्सि लगायत रहरे बाली समेत असिनाले च्यातेर सखाप पारेको स्थानिय महिला माया बोगटीले बताउनुभयो ।

कपल्लेकि कै अर्का किसान राम सिंह महुरीयाको तरकारी खेतीमा पनि ठुलो क्षेति पुगेको छ । भर्खरै फल्न सुरुगरेको काक्रालाई असिनाले पिटेर लहरा समेत च्याति दिएको बताउनुभयो ।

उता डडेल्धुराका विभिन्न स्थानमा पनि भारि असिना पानि पर्दा पाकेर भित्र्याउनै लागेका अन्नबाली नष्ट पारेको हाम्रा समाचारदाताले जनाएका छन् ।