Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

डोटीमा असिना पानीले किसानको गहुँबाली सखाप

Friday, April 7, 2017 National Power

डोटी २५ चैत ,डोटी- बिहिबार देखिको लगातारको असिना पानीले सुदुपश्चिमका विभिन्न जिल्लाका किसानको गहुँबाली सखाप पारेकोे छ ।

पानीसंगै आएको असिनाले डोटी डडेल्धुरा लगायत सुदुरपश्चिमका ७ पहाडी जिल्लामा गहुँबालीमा ठुलो क्षेति पुर्याएको किसानहरुले बताएका छन् ।

डोटीको  शिखर नगरपालिका तत्कालिन कपल्लेकि गाविसमा किसानको पाकिसकेको गहँ  र जौँ बालीमा असिनाले ठुलो नोक्सानी पुर्याउनुका सथै भखैरै टुसाउदै गरेका दुई पाते फर्सि लगायत रहरे बाली समेत असिनाले च्यातेर सखाप पारेको स्थानिय महिला माया बोगटीले बताउनुभयो ।

कपल्लेकि कै अर्का किसान राम सिंह महुरीयाको तरकारी खेतीमा पनि ठुलो क्षेति पुगेको छ । भर्खरै फल्न सुरुगरेको काक्रालाई असिनाले पिटेर लहरा समेत च्याति दिएको बताउनुभयो ।

उता डडेल्धुराका विभिन्न स्थानमा पनि भारि असिना पानि पर्दा पाकेर भित्र्याउनै लागेका अन्नबाली नष्ट पारेको हाम्रा समाचारदाताले जनाएका छन् ।