Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नेपालगंज महोत्सवमा, खेलकुद तर्फको प्रतियोगिता सुरु

Friday, April 7, 2017 National Power

२५ चैत, नेपालगन्ज – क्रियटिभ ह्यान्ड्स, सेलिब्रेटी खबर डटकम, सिद्धार्थ गु्रप र क्रियटिभ ग्रुपकोसंयुक्त आयोजनामा आजबाट सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन भएको छ ।

चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, चित्रकला प्रदर्शनी, संस्कृति, डकुमेन्ट्री फिल्म प्रदर्शन, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने भएको छ ।

खेलकुद अन्तर्गत आज भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा प्रथम, गोविन्दप्रसाद रिजाल द्वितीय र गगनसिंह थापा तृतिय भए ।

विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव विजेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले माउन्टेन बाइक पुरस्कार प्रदान गरेका हुन ।