Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

 एमालेले स्थानीय तहको चुनाव सार्न प्रस्ताव गरेको  खुलासा

Friday, April 7, 2017 National Power

२५ चैत, रुपन्देही – माओवादीका केन्द्रीय सदस्य वर्षमान पुनःअनन्तले प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव २०७४ कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

शुक्रबार बुटवलमा प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशलेआयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको प्रस्ताव ठाडै अस्विकार गरी माओवादी केन्द्र र सरकारले वैशाख ३१ मै चुनाव गर्न दाबी गरेका छन्।

एमालेले चुनावले भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको नेता पुनको भनाई थियो ।

पुनले मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताए । स्थानीय चुनावमा स्थानीय बिशेषता हेरेर कांग्रेस र एमालेसँग तालमेलको सम्भावना रहेको बताउँदै माओवादी एक्लै चुनावमा प्रस्तुत हुने गरी तयारी गरिरहेको पनि उनले बताए।