२५ चैत, काठमाडौं – काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् ।
मादकपदार्थ सेवन, जथाभावी सवारी पार्किङ, लेन अनुशासन, बिनालाइसेन्स सवारी चलाउनेलगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दैनिक दुई हजारभन्दा बढी सवारी साधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्थाअनुसार पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेगरेपर्छि केहि सवार चालक सचेत भएको महाशाखाले जनाएको छ ।
नियम उल्लङ्घन गरि सवार गर्दा चालक आफैलाई हानी नाक्सानी हुने हुँदा आफु सचेत भई अरुलाई पनि सचेत गराउन सम्पुर्ण साना तथा ठुला सवार चालकलाई महाशाखाले अनुरोघ तथा जानकारी गरेको छ ।