Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भारतीय नम्बरको जीप पल्टँदा एक युवकको मृत्यु

Thursday, April 6, 2017 National Power

२४ चैत, पर्सा आज बिहान वीरगन्ज– ठोरी सडक खण्डको महुवनमा भारतीय जीप पल्टँदा एक नेपालीको च्यापिएर ज्यान गएको छ ।

वीरगन्ज स्थित पटेर्वा–७ निवासी ४७ वर्षीय मुखिया विणाको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भारतीय नम्बरको वाहनमा परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई पल्टिँदा च्यापिएर विणाको मृत्यु भएकोे हो ।

उनले वाहनमा सवार विणाका १५ वर्षीया छोरी काजलकुमारी विणासहित दुई जना घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दर्घटनापछि वाहन चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ

प्रहरीले गण्डक नहर बाटोमा रहेका खाल्डो र सवारीसाधनको गति समेत बढी रहेका कारण दुर्घटना भएको बताए ।