Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

चट्याङले क्षति पुर्‍याएपछि प्रहरी कार्यालय बझाङको काम ठप्प

Thursday, April 6, 2017 National Power

२४ चैत्र, बझाङ –  बुधबार राति भारी वर्षासँगै परेको चट्याङले प्रहरी कार्यालय बझाङमा भएका इलेक्ट्रोनिक सामानमा क्षति पुर्याएपछि कार्यालयको सम्पूर्ण  काम ठप्प भएका छन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले चट्याङ कारण एक थान जेनेटर, चार थान कम्प्युटर, तीन थान राउटर, चार थान टिभी, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको बताए ।

कार्यालयको सम्पूर्ण  फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको कम्प्युटर विग्रेपछि काम अघि बढाउन समस्या भएको चन्द्रले बताए ।

प्रहरी नायब उपरीक्षक चन्द्रले बिग्रेका इलेक्ट्रोनिक सामानको मर्मत गरेर भोलिदेखि सधैँ झैं जिप्रकाका कामकाज अगाडि बढाउने बताए ।