Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चट्याङले क्षति पुर्‍याएपछि प्रहरी कार्यालय बझाङको काम ठप्प

Thursday, April 6, 2017 National Power

२४ चैत्र, बझाङ –  बुधबार राति भारी वर्षासँगै परेको चट्याङले प्रहरी कार्यालय बझाङमा भएका इलेक्ट्रोनिक सामानमा क्षति पुर्याएपछि कार्यालयको सम्पूर्ण  काम ठप्प भएका छन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले चट्याङ कारण एक थान जेनेटर, चार थान कम्प्युटर, तीन थान राउटर, चार थान टिभी, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको बताए ।

कार्यालयको सम्पूर्ण  फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको कम्प्युटर विग्रेपछि काम अघि बढाउन समस्या भएको चन्द्रले बताए ।

प्रहरी नायब उपरीक्षक चन्द्रले बिग्रेका इलेक्ट्रोनिक सामानको मर्मत गरेर भोलिदेखि सधैँ झैं जिप्रकाका कामकाज अगाडि बढाउने बताए ।