Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

मन्त्रीले पनि चुनावी प्रचार प्रसारमा भाग लिन पाउने

Thursday, April 6, 2017 National Power

२४ चैत, काठमाडौँ – निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि बनाएको आचारसंहितामा केही लचिलो बन्ने संकेत गरेको छ ।
साविकको आचारसंहितामा मन्त्रीहरुले कुनै पनि चुनावी कार्यक्रममा भाग लिन नपाउने व्यवस्था थियो । तर आयोगको बुधवार बसेको वैठकले चुनावी प्रचार प्रसारमा मन्त्रीहरुको सहभागीताले चुनावको प्रचार प्रसार तथा सौहार्दपूर्ण बताबरणमा चुनाव सम्मपन्न गर्न सहयोग पु¥याउने भन्दै मन्त्रीहरुको सहभागीतलाइृ खुकुलो बनाएको हो ।

आयोगको यो निर्णयसंगै अब मन्त्रीहरुले पनि आ–आफ्नो दलको चुनावी प्रचारको लागि अभियानमा हिड्न पाउने छन् तर यसका लागि उनीहरुले सरकारी श्रोत साधानको प्रयोग गर्न भने पाउने छैनन् । मन्त्रीको हैसियतमा कुनै पनि श्रोत र साधानको प्रयोग नगरीकन आफ्नै तवरले चुनावी प्रसारण गर्न पाउने निर्णय आयोगले गरेको हो ।