Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

दुइ चरणमा स्थानीय तहको चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Wednesday, April 5, 2017 National Power

चैत २३, काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहलले २ नम्बर प्रदेशमा दोश्रो चरणमा चुनाव गर्ने प्रस्ताव ल्याएका छन् । आन्दोलनरत मधेशी मोर्चा र संविधान संसोधनमा अहिले सम्म सहमतिमा नआएको एमालेलाइ पनि सहमतिमा ल्याउन सकिने भन्दै उनले सो प्रस्ताव अघि बढाएका हुन् ।
प्रधानमन्त्री निकट श्रोतका अनुसार दाहले काँग्रेस समभापति शेरबहादुर देउवा अर्का नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा राप्रपा अध्यक्ष तथा अर्का उपप्रधानमन्त्री कमल थापा संग यो प्रस्ताव गरिएको हो । तर काँग्रेस सभापति शेरबहादुर देउवाले भने यो प्रस्तावमा पनि मधेशी मोर्चा तथा एमालेका नेताहरु मान्नेमा भने आशंका व्याक्त गरेका छन् ।
प्रधानमन्त्री दाहलले २ नम्बर प्रदेशका ८ जिल्ला सहित ५ नम्बरको विवादी ३ जिल्लाहरुमा दोश्रो चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेको बुझिएको छ ।