Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

दुइ चरणमा स्थानीय तहको चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Wednesday, April 5, 2017 National Power

चैत २३, काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहलले २ नम्बर प्रदेशमा दोश्रो चरणमा चुनाव गर्ने प्रस्ताव ल्याएका छन् । आन्दोलनरत मधेशी मोर्चा र संविधान संसोधनमा अहिले सम्म सहमतिमा नआएको एमालेलाइ पनि सहमतिमा ल्याउन सकिने भन्दै उनले सो प्रस्ताव अघि बढाएका हुन् ।
प्रधानमन्त्री निकट श्रोतका अनुसार दाहले काँग्रेस समभापति शेरबहादुर देउवा अर्का नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा राप्रपा अध्यक्ष तथा अर्का उपप्रधानमन्त्री कमल थापा संग यो प्रस्ताव गरिएको हो । तर काँग्रेस सभापति शेरबहादुर देउवाले भने यो प्रस्तावमा पनि मधेशी मोर्चा तथा एमालेका नेताहरु मान्नेमा भने आशंका व्याक्त गरेका छन् ।
प्रधानमन्त्री दाहलले २ नम्बर प्रदेशका ८ जिल्ला सहित ५ नम्बरको विवादी ३ जिल्लाहरुमा दोश्रो चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेको बुझिएको छ ।