Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

दशौं संस्करणको आईपीएल आजबाट सुरु हुँदै

Wednesday, April 5, 2017 National Power

२३ चैत, काठमाडौं  – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दशौं संस्करण बुधबारबाट सुरु हुँदैछ ।

बुधबार बेलुका विश्व क्रिकेटमा लोकप्रिय रहेको आईपीएलको दशौं संस्करण हैदरावादमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन हुनेछ ।

यस सस्करणको बिजेताले २२ करोड भारु प्राप्त गर्ने छन् भने उपविजेताले ११ करोड भारु पाउने छन् । यस्तै तेस्रो र चौथोले समान ७ करोड ५० लाख भारु प्राप्त गर्नेछन् ।

बुधबार बेलुका हुने उद्घाटन खेलमा सनराईजर्स हैदरावाद अष्ट्रेलियन डेभिड वार्नरको कप्तानीमा मैदान उत्रनेछ ।

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा घरेलु टोली तथा साविकको बिजेता सनराईजर्स हैदरावादले रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्नेछ ।

सन् २००८ बाट सुरु टि – ट्वान्टी फर्म्याटको लोकप्रिय आईपिएल आगामी मे २१ तारिख सम्म चल्ने छ ।

रोयल च्यालेंजसविरुद्धको उद्घाटन खेलमा सनराईजर्सले युवराज सिहं, शिखर धवन, केन विलीयम्स, मुस्ताफिजुर रहमान, आशिस नेहेरा जस्ता चर्चित अनुहार मैदान उतार्ने छन् ।