Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

दशौं संस्करणको आईपीएल आजबाट सुरु हुँदै

Wednesday, April 5, 2017 National Power

२३ चैत, काठमाडौं  – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दशौं संस्करण बुधबारबाट सुरु हुँदैछ ।

बुधबार बेलुका विश्व क्रिकेटमा लोकप्रिय रहेको आईपीएलको दशौं संस्करण हैदरावादमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन हुनेछ ।

यस सस्करणको बिजेताले २२ करोड भारु प्राप्त गर्ने छन् भने उपविजेताले ११ करोड भारु पाउने छन् । यस्तै तेस्रो र चौथोले समान ७ करोड ५० लाख भारु प्राप्त गर्नेछन् ।

बुधबार बेलुका हुने उद्घाटन खेलमा सनराईजर्स हैदरावाद अष्ट्रेलियन डेभिड वार्नरको कप्तानीमा मैदान उत्रनेछ ।

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा घरेलु टोली तथा साविकको बिजेता सनराईजर्स हैदरावादले रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्नेछ ।

सन् २००८ बाट सुरु टि – ट्वान्टी फर्म्याटको लोकप्रिय आईपिएल आगामी मे २१ तारिख सम्म चल्ने छ ।

रोयल च्यालेंजसविरुद्धको उद्घाटन खेलमा सनराईजर्सले युवराज सिहं, शिखर धवन, केन विलीयम्स, मुस्ताफिजुर रहमान, आशिस नेहेरा जस्ता चर्चित अनुहार मैदान उतार्ने छन् ।