२३ चैत, रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–५ कि ३५ वर्षकी रस्मिता भुजेलको करेन्ट लागेर मृत्यु भएको ।
मंगलबार राती घरमा रहेको मकै पिस्ने मिलको सोली छुँदा करेन्ट लागेको हो ।
करेन्ट लागेर बेहोस भएकी भुजेललाई आफन्तले तत्काल उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा पु¥याएका थिए ।
उपचारको क्रममा भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।