Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

नारायणगढ–मुग्लिन सडकखण्डमा सचेतता अपनाउनुपर्ने

Tuesday, April 4, 2017 National Power

२२ चैत चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदै गर्दा काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदै गरेको मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए ।

हिजोमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका खनालले बताए । सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्न दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको पनि उनले बताए ।
उक्त आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताए ।

तीन चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको स्थानिय वासहिरुको भनाई रहेको छ ।

नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उनले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न आग्रह गरे ।