Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

राजविराजमा बमकाे अातंक

Tuesday, April 4, 2017 National Power

२२ चैत, राजविराज – सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा सकेट बम फेला परेको छ । स्थानीय व्यापारीको घरमा मंगलबार बिहान बम फेला परेको हो ।

स्थानीय विनोद चौधरी (दास) को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् ।

बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।

बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेपछि स्थानीय त्रसित छन् ।