Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

एमालेमा उपाध्यक्ष गौतमको नेतृत्वमा निर्वाचन मस्यौदा समिति

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडौँ  – नेकपा (एमाले)ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको सो समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ र केन्द्रीय सदस्यहरु डा पुष्प कँडेल, लालबाबु पण्डित, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहनुभएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न सो बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिसमेत गठन गरेको छ ।

सो समितिमा सचिवहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, नेताहरु सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहनुभएको छ ।

एक निर्वाचन – एक उम्मेदवार
बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले २०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले २०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ । पार्टी स्थायी समितिले २०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

संविधानअनुरुप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ । एमालेले स्थानीय निर्वाचनको सम्पूर्ण तयारीका लागि केन्द्रीय कमिटीको बैठक आउँदो वैशाख ३ गते आयोजना गर्ने भएको छ ।