Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

वीरगन्ज भन्सारबाट दुर्लभ चितुवाको छाला र हड्डी बरामद

Tuesday, April 4, 2017 National Power

२२ चैत,  पर्सा  – वीरगन्ज भन्सारको परिसरबाट प्रहरीले चितुवाको छाला र हड्डी ठूलो परिमाणमा बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दिएको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसरको खुला स्थानबाट बेवारिसे अवस्थामा दुई थान चितुवाको छाला र ३४ किलो हड्डी बरामद गरेको हो ।

भन्सार परिसरको यार्डमा दुइवटा थोत्रो टिनको बाकसभित्र राखिएको १६ वटा पोकामा रहेको हड्डी र छाला आज बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो । बरामद चितुवाको छाला र हड्डी आवश्यक कार्बाहीका लागि आजै जिल्ला वन कार्यालय पर्सामा बुझाइएको उपरीक्षक साहले बताउनुभयो ।

वन्यजन्तुको चोरी सिकारी गर्नेले मकवानपुरको जङ्गलमा चितुवा मारेर त्यसको छाला र हड्डी भारत हुँदै तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा भन्सार परिसरमा राखेको हुनसक्ने आशङ्का रहेको पर्सा प्रहरीले जनाएको छ ।

काठमाडौँमा सिआइबीको टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरुले दिएको बयानका आधारमा वीरगन्ज भन्सार परिसरमा चितुवाको हड्डी र छाला रहेको सूचना पाएपछि सोही सूचनाका आधारमा छाला र हड्डी बरामद गरेको प्रहरीले जनाएको छ ।