Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

पहिरोमा परि घाइतेहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुग्यो

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौं – नेपाली सेनाको हेलिकप्टर  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोमा परि घाइते भएकाहरुको उद्धार गर्न घटनास्थल चितवनको कविलास पुगेको छ ।
आज बिहान पहिरो खस्दा घाइते भएकाहरुको शिघ्र उपचार गर्न गृहमन्त्री विमलेन्द्र निधीले निर्देशन दिएपछि हेलिकप्टर चितवन पठाइएको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले हामीलाई जानकारी दिए ।
घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी त्यहाँ पुगिसकेका र तनँहुबाट सडक पन्छाउने डोजरहरु पनि आइसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।