Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पहिरोमा परि घाइतेहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुग्यो

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौं – नेपाली सेनाको हेलिकप्टर  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोमा परि घाइते भएकाहरुको उद्धार गर्न घटनास्थल चितवनको कविलास पुगेको छ ।
आज बिहान पहिरो खस्दा घाइते भएकाहरुको शिघ्र उपचार गर्न गृहमन्त्री विमलेन्द्र निधीले निर्देशन दिएपछि हेलिकप्टर चितवन पठाइएको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले हामीलाई जानकारी दिए ।
घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी त्यहाँ पुगिसकेका र तनँहुबाट सडक पन्छाउने डोजरहरु पनि आइसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।