कतिपय अभिभावकहरु बच्चाहरुलाई कुटपिट गरेर, हप्काएर तह लाग्छन भन्ने गलत सोच भएका हुन्छन् । बच्चाहरुलाई डर, धम्की, त्रास र शारीरिक सजायले गर्दा उनीहरुले गलत कुरा सिक्न तिर जान्छन् र कलिलो मस्तिष्कमा ह्रास आउँछ । आफुभन्दा ठूला अभिभावकहरुबाट पिटाइ, हप्काईले गर्दा नै बालबालिकाहरुमानिराशा हुने गर्छन् ।
हप्काइ र पिटाईले समस्या समाधान गर्न नभइ उनीहरुको कलिलो मानसिकतामा नकारात्मक असर पर्न जान्छ । सानो उमेरमा यस्ता यातनाहरु भागेपछि उनीहरुको दिमागमा जीवनभर नकारात्मक र निराशाजनक कुराहरुले जडा गडिरहेको हुन्छ । त्यसैले अभिभावकले बालबालिकाहरुसंग जस्तो व्यवहार गर्ने गर्छन उनीहरुले पनि त्यही सिक्ने गर्छन ।
कुनै बेला जानी नजानी गल्ति गरिहाले भने पिट्नु र हप्काउनु हुदैन बरु उनीहरुलाई मिठास बोलीमा राम्रोसंग बुझाईदिनुपर्छ । घरमा पनि उनीहरुलाई सरसफाइ,सुरक्षाका उपाय,खाने खाने ,पढ्ने ,गृहकार्य गर्ने ,खेल्ने नियमको शुरुदेखि नै सिकाउनुपर्छ । बालबालिकाहरुले अभिभावकलाई सताउने भएकाले बच्चाहरुले बाहिर साथीहरु सँग खेलिरहेकाछन भन्ने हुन्छ तर पछि उनीहरुको बानी त्यस्तै हुन्छ ।
शारीरिक सजायले गर्दा बालबालिकालाई सही र गलत छुट्याउन नसक्ने हुन्छन् । कुटेरै सहिबाटो आउछन भन्ने गलत सोचको कुनै अर्थ छैन । सकिन्छ भने अहिले देखि नै उनीहरुलाई राम्रो बानीको विकास गर्न आवश्यक छ । कुनै पनि अभिभावकको सोच हुदैन कि मेरो सन्तान बिग्रियोस ,नराम्रो बनोस भन्ने । उनीहरुलाई सकारात्मक कुरा देखि अभिभावकले भनेको कुरा नमानेमा के हुन्छ भन्ने कुरा पहिले न्े बुझाईदिनुपर्छ । कलिला बालबच्चालाई पिट्नु भनेको उनीहरुले राम्रै कुरा रहेछ भन्ने बुझ्न सक्छन र त्यस्तै सिको गर्छन् ।त्यसैले पिटाइबाट उनीहरुले अरुलाई पिट्दा पनि हुन्छ भन्ने बानीको विकास हुन्छ ।
पिटाईले बालबालिकाको पढाईमा असर त पर्छ नै उनीहरुले सजिलै साथी बनाउन सक्दैनन्,साथीहरुसँग घुलमिल पनि हुदैनन र एक्लो महशुस पनि गर्न थाल्छन । त्यसकारण अभिभावकले पनि उनीहरुले गरेका जतिपनि राम्रा कामहरु थाहा पाएर प्रशंसा गर्नुपर्छ ।आफ्ना सन्तानलाई अभिभावकले कति माया गरिन्छ भन्ने कुरा पनि जानकारी गराउनुपर्छ ।
पिटाइले उनीहरुलाई रीसाह प्रवृत्ति बनाउन सक्छ । यसले उनीहरुमा नराम्रो बानी व्यवहारको थप कारण पनि सिकाउनसक्छ । उनीहरुले यो पनि सिक्नसक्छन कि म नराम्रो छु नराम्रै गर्छु भनेर सोचिरहेका हुन्छन् ।यसका लागि उनीहरुले व्यवहार केहि नराम्रो गरिहाले भने हतारिएर गाली गर्नु पर्ने,पिट्नु नै पर्दैन बरु रोक्नुपर्छ ।बरु उनीहरुलाई एकान्तमा एकछिनका लागि भएपनि छोड्नुपर्छ र एउटै ठाउमा छोड्नुपर्छ । त्यसपछि उनीहरु आफुले गरेको गल्ति भुलेर खेल्न थाल्छन अनि उनीहरुसंग आफुले कुरा गर्नुपर्छ ।
त्यसैले आफ्नो बालबालिकालाई नपिटेर पनि तह लगाउन सकिन्छ उनीहरुलाई निडर बनाउन साथीको जस्तै व्यवहार देखाउनुपर्छ । नराम्रो बोली ,व्यवहारबाट टाढा राख्नुपर्छ ।उनीहरुप्रति आफुबाट कस्तो व्यवहार भैरहेको छ भन्ने कुरामा आत्मसमीक्षा गर्नु पनि राम्रो हुन्छ ।
आफ्नो समय र उनीहरुको समय कसरी हुन्छ उपयोग गर्ने तथा बालबालिकाको सेवामा कसरी हुन्छ र घरेलु हिंसा हुन नदिन के पनि गर्न सकिन्छ भन्ने कुरा मनन गर्न सकिन्छ । आवेगमा आएर पिट्नुपर्ने ,झर्केर बोल्ने,हप्काउनु पर्ने जस्ता व्यवहारले गर्दा उस्को मानसिकतामा भय उत्पन्न हुन्छ । सानो हुँदा जे सिक्छ भविस्यमा पनि त्यहि गर्छ भने अभिभावकले उनीहरु भन्दा ठुलो हौँ भन्ने र उनीहरुलाई सम्झाई,बुझाई ,नपिटेर नै उनीहरुलाई राम्रो व्यवहार सिकाउन जरुरी छ ।