Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

डडेल्धुरामा प्रहरी र म्यादी प्रहरीका आवेदकहरु बीच झडप

Monday, April 3, 2017 National Power

२१ चैत, डडेल्धुरा – प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा तीन जना प्रहरी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ  ।

डडेल्धुरामा म्यादी प्रहरीका आवेदक आन्दोलित भएका र म्यादी प्रहरी छनौटमा अनियमितता भएको भन्दै असन्तुष्टहरुले आन्दोलन गरेपछि प्रहरी र आवेदकहरुबीच झडप  भएको छ ।जिल्लामा कुल ४ सय १३ जनाको सिटमा तेब्बर बढी अर्थात १ हजार ३ सय २६ जनाको दरखास्त परेपछि छनौट प्रक्रियामा ठूलो संख्यामा युवाहरु बाहिरीएपछि असन्तुष्टहरु आन्दोलित भएका हुन् ।आज बिहान प्रकाशित नतिजामा छनौटका लागि न्यूनतम तौल समेत नपुगेका व्यक्तिहरु म्यादी प्रहरीमा छनौट गरिएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ढुङ्गामुडा प्रहार गरेका छन् ।म्यादी प्रहरी भर्नामा राजनितीक हस्तक्षेपका कारण योग्य व्यक्तिहरु बाहिर रहेका र अयोग्य व्यक्तिहरु भर्ना लिएको आरोप आन्दोलनकारीहरुको रहेको छ ।