Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

इमर्जिङ टिम्स एसिया कप श्रीलंका र पाकिस्तान विच फाईनल खेल हुने

Monday, April 3, 2017 National Power

२१ चैत  – आज बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधिका लागि श्रीलंका र पाकिस्तान विच फाईनल खेल हुने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । २३ वर्षमुनिका टिम खेल्दैछन्

प्रतियोगितामा अहिलेसम्म श्रीलंकाका चरिथ असलंका सबैभन्दा धेरै रन बनाउने ब्याट्स्म्यानका रुपमा छ।

१२ विकेट लिएका पाकिस्तानका ओसामा मिरले सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा छन् । अहिले सम्म धेरै रन बनाउने ब्याट्स्म्यानको सूचिको दोश्रो नम्बरमा पाकिस्तानका इमाम उल हक छन् ।

टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषदले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग हङ्गकङ्ग, नेपाल, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगितामा नेपाल पाकिस्तान र बंगलादेशसँग पराजित भयो भने हङ्गकङ्गलाई हराउँदै समूहको तेश्रो स्थानमा रह्यो ।