Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

म्यादी प्रहरी छनोटमा अनियमितता भएको भन्दै विरोध प्रदर्शन

Monday, April 3, 2017 National Power

२१ चैत,डडेल्धुरा – स्थानीय चुनावका लागि भर्ना गर्न लागिएका म्यादी प्रहरी छनोटमा अनियमितता भएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ ।

म्यादी प्रहरीको भर्ना छनौटमा नातावाद र कृपावाद हावी भएको भन्दै असन्तुष्ट युवाहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सोमबार बिहान ढुंगा प्रहार गरेका छन् ।

म्यादी प्रहरी छनौटको प्रारम्भिक चरणमा स्वास्थ्य तथा अन्य फिजिक टेस्टको आज नतिजा सार्वजनिक भएको थियो भने म्यादी प्रहरी भर्नाका लागि डडेल्धुरामा १ हजार ३ सय २६ जनाले आवेदन दिएका थिए । जस अन्तर्गत पहिलो चरणको स्वास्थ्य तथा फिजिकल परीक्षणबाट ६ सय ७२ जनालाई पास गरिएको छ । प्रहरी कार्यालयमा आक्रमण प्रथम चरणको परीक्षणमा अनुत्तिर्ण भएकाहरुले गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।