२१ चैत, काठमाण्डौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
सर्वोच्च अदालतमा अधिवक्ता हरिप्रसाद मैनालीले २० चैतमा काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई निवेदन दर्ता गराएका हुन् ।प्रहरी महानिरीक्षकको फैसलाबारे काँग्रेस केन्द्रीय समितिले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णय अदालतको अपहेलना भएकाले रिट दर्ता गराएको मैनालीले जानकारी दिए ।