Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अवैध हाब्रेको छालासहित चारजना पक्राउ

Sunday, April 2, 2017 National Power

२० चैत्र, काठमाडौं – नेपालका दुर्लभ वन्यजन्तु (हाब्रे) रेड पाण्डाको छालासहित चारजना पक्राउ परेका छन् ।

आइतबार पक्राउ पर्नेमा कालिकोट धर्मराज मल्ल, पूर्णबहादुर सिंह, जीवन सिंह र रोशनकुमार मल्ल लाई कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

न्युरोडगेटमा बिक्री वितरण गर्ने उद्देश्यले रेड पाण्डाको छाला बोकी हिँडिरहेका चारजनालाई नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीर्ले पक्राउ गरेको छ । ।

प्रहरी अनुसन्धान अनुसार सोको छाला चैत १६ गते जीवन सिंहले नेपालगन्जबाट ल्याएको र धर्मराज मल्ल लगायतका अन्य दुईजनासँग भेटी ८ लाख ५० हजारमा बिक्री वितरण गर्ने तयारी गरेको खुलेको छ ।