Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कागेश्वरी मनोहरा नपामा राप्रपा भित्र उम्मेदवारीको होड चल्दै

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाण्डौँ – सरकारले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचन घोषणा गरे संगै स्थानीय निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दावीको क्रम बढिरहेको छ ।

काठमाण्डौँमा क्षेत्र नं. २ बाट पनि स्थानीय तहको निर्वाचनमा राप्रपाका नेताहरूले उम्मेदवारी दाबी गर्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकामा नगर मेयरका लागि मनि शिंखडा र शम्भु थापा बिच राप्रपा जिल्ला पार्टी कार्यालय चावाहिलमा होड चल्दै आएको छ । युवा नेता मनि शिंखडा भने आफुले मेयरको टिकट पाउनेमा पक्का छन् । उनले जनसम्पर्कमा रहि जनताको सेवामा काम गर्दै आएका हुन् । साथै उनी शालिन, भद्र, राप्रपा आन्दोलनका योद्धा, सक्षम, सबल क्षमतावान तथा सामाजिक विकासका लागि काम गर्दै आएका नेता उक्त समयमा लोकप्रिय बन्दै आएका कारण राप्रपामा राम्रो सम्भावना रहेको तथा युवा संगठनका अध्यक्ष रहेका छन् । उनीले पार्टीमा सक्रियताका साथ काम गर्दै आएको कारणले गर्दा टिकट पाउने पक्का पक्की भएको दाबी गरेका छन् ।

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा २७५०४ मतदाता रहेका छन् कागेश्वरी मनोहरा नगरपालिकामा एमाले, कांग्रेस, राप्रपा, माओवादी भने बराबरी जस्तै देखिन्छ । माओवादीका महेश्वर फुँयालको सम्भावना राम्रो सम्भावना रहेको छ, एमालेका रामहरि पुडासैनी, कृष्णहरि थापाको राम्रो सम्भावना रहदै आएको छ । त्यस्तै कांग्रेसमा उपेन्द्र कार्की र विष्णु देवि पुडासैनी बिच विवाद हुदै आएको छ ।