Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबिच झडप

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौं – नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन आयोग घेर्न गएका उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।

नयाँ शक्तिका कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेरा तोडेकाले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केही नेता कार्यकर्ता सामान्य घाइते भएका छन् भने दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् ।

अहिले निर्वाचन आयोग अगाडी कान्तिपथ क्षेत्रको वातावरण सामान्य नै रहेको प्रहरीले जनाएको छ । भट्टराई दलिय चुनाव चिन्ह माग्दै निर्वाचन आयोग घेर्न गएका थिए । यस्तै बैद्य माओबादीका नेता सिपी गजुरेल पनि सोही समयमा गिरफ्तारीमा परेका हुन ।