Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

“१५ दिन भित्र कामकाे जवाफ देउ” – सर्वाेच्च

Saturday, April 1, 2017 National Power

१९ चैत,  काठमाडौं – नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षालगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार सरकारलाई सो आदेश दिएको हो।

आदेशमा भनिएको छ– ‘खुला सिमाना व्यवस्थापन, नियमन, सन्धिसम्झौताको पुनरावलोकन, जनताको जिउको सुरक्षासम्बन्धी सरकारले के–कस्ता काम गरेको छ, त्यो १५ दिनभित्र पेस गर्नु।’ आदेशमा सीमा सुरक्षाको दुरुपयोग हुन नदिन हवाई मार्गका यात्रुमा परिचयपत्रको व्यवस्था भएजस्तै स्थलमार्र्गमा अभिलेख राख्ने काम भए÷नभएकाबारे समेत लिखित जवाफ माग गरिएको छ।

सो सम्बन्धमा यही चैत १३ गते अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले रिट निवेदन दायर गर्नुभएको थियो। सोही रिट निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश थिएको हो।