Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

एमालेलाई किताब

Saturday, April 1, 2017 National Power

१९ चैत, झापा –  नेकपा (एमाले) कर्मचारी विशेष शाखा कमिटी दमकले पढ्ने संस्कृतिको विकास गर्न एमाले झापालाई एक सय तीन थान किताब शुक्रबार हस्तान्तरण गरेको छ ।

कमिटीले साम्यवाद, प्रविधि, साहित्य, रोचक प्रसङ्गलगायत किताब हस्तान्तरण गरेको हो । एमाले प्रदेश नं १ का सदस्य देवेन्द्र दाहालले ती पुस्तक जिल्ला कमिटीलाई हस्तान्तरण गर्नुभयो ।

कर्मचारी विशेष कमिटीका अध्यक्ष लीलबहादुर राईले ७५ थान, एमाले जिल्ला कमिटी सदस्य केन्द्र प्रसाईंले १४ थान, गिरिराज नेपालले नौ थान तथा रामचन्द्र मिश्र र अन्नत सेनेहाङले केही पुस्तक प्रदान गरेका हुन् । पार्टीले प्राप्त गरेको पुस्तक बिर्तामोडस्थित एमाले जिल्ला पार्टी कार्यालयमा रहेको पुस्तकालयमा राखिने जनाइएको छ ।