Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

प्रादेशिक प्रशारण सेवा सुरु गर्ने तयारी रेडियो नेपाल

Friday, March 31, 2017 National Power

१८ चैत, काठमाडौ – सातवटै प्रदेशमा आधुनिक सुविधासहितको प्रशारण केन्द्र स्थापना गरी प्रादेशिक प्रशारण सेवा सुरु गर्ने तयारी रेडियो नेपालले गरेको छ ।
रेडियो नेपालले ६७औं वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर सबै प्रदेशमा प्रादेशिक प्रशारण सेवा सुरु गर्ने कार्ययोजना बनाएको हो ।आईताबार हुने वार्षिकउत्सवबारे जानकारी दिँदै रेडियो नेपालका प्रवक्ता बुद्धिबहादुर केसीले रेडियो संग्राहलय निर्माणका लागि सम्भाव्यता अध्ययनको काम पनि अघि बढाउने गरी कार्ययोजना तय गरिएको बताए ।रेडियो नेपालबाट उत्पादित जनहितका लागि तयार पारिएका समाचार तथा कार्यक्रमहरु निजी क्षेत्रका एफएमहरुलाई निशुल्क उपलब्ध गराउने पनि स्पष्ट पारे । रेडियो नेपालले प्राकृतिक प्रकोपको बेला आपतकालिन प्रशारण सेवा संचालन गर्ने गरी उपकरणको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएको छ ।