Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भारतीय वन रक्षक टोलीद्धारा चारजना नेपाली पक्राउ

Friday, March 31, 2017 National Power

१८ चैत, बर्दिया – भारतीय वन रक्षक टोलीले नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट चारजना नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा स्थानीय २३ वर्षीय नरबहादुर कुमाल,२० वर्षीय सुशील कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् । मधुवन नगरपालिका–३ दशगजा पिलर नम्बर ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई गय राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । १० फिट लामो दुईवटा काठको गोलिया भारतीय जङ्गलबाट लिएरअवस्थामा नेपाल आउँदै गरेको बेला उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ ।