Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

डडेल्धुराबाट १३ सयको आवेदन म्यादी प्रहरीमा

Friday, March 31, 2017 National Power

१८ चैत, डडेल्धुरा – म्यादी प्रहरीका लागि जिल्लाका १३ सयभन्दा बढीले दरखास्त फाराम भरेका छन्।

स्थानीय तहको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा जिल्लाबाट एक हजार तीन सय २६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा ११ सय २ जना पुरुष र एकसय ३७ जनाले आवेदन दर्ता गराएका छन्। पूर्व नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन रक्षक, पूर्वम्यादी र सर्वसाधारणले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आवेदन मध्येबाट चैत १९ गते देखि २१ गतेसम्म प्रारम्भिक छनोट गरी चैत २२ गते अन्तिम नतिजा प्रकाशन गर्ने जनाइएको छ।