Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

अनुमति नलिई सञ्चालनमा रहेका पानी कम्पनीलाई कारबाहीको चेतावनी

Friday, March 31, 2017 National Power

१८ चैत, काठमाडौं – अनुमति नलिई सञ्चालनमा रहेका पानी कम्पनी र खानेपानी वितरण गर्ने ट्याङ्करहरुलाई कारबाही गर्ने खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले चेतावनी दिए ।

मन्त्री शाहीले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कसैसँग सम्झौता गर्न नसकिने भन्दै तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन दिए ।

उनले तोकिएको समयभित्र अनुमति नलिने खानेपानी कम्पनी, फर्म लगायत संस्था सञ्चालन गर्न समेत नदिने बताए । उनले इजाजत नलिई सञ्चालनमा रहेका खानेपानी कम्पनीबाट उत्पादन भएको खानेपानीको गुणस्तर र अनुगमन गर्न कठिनाई भएकाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने जानकारी दिए ।