Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

अभिभावक नभएको मौका छोपी बालिका बलात्कृत

Friday, March 31, 2017 National Power

१८ चैत, कैलाली – धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् ।

बालिकाको घरमा बुवाआमा नभएको मौका छोपेर घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेका आरोप रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए ।
ती बालिकालाई रक्ताम्मे अवस्थामा फेला पारेकी घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताइएको छ ।बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनलाई सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए ।