Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

उडान सेवामा खराब मौसमका कारण बाधा पुग्यो

Thursday, March 30, 2017 National Power

१७ चैत्र, कास्की – आज खराब मौसमका कारण पोखराबाट हुने सबै उडान सेवामा बाधा पुगेको छ । विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडानमा बाधा पुगेको जानकारी दिए ।

पौडेलले पोखराबाट बुधबार बुद्ध एयरका छ वटा उडानमध्ये एक ,यति एयरका आठ वटामध्ये तीन वटा र सिम्रिक एयरका तीनमध्ये दुई वटा मात्र उडान भएको जानकारी दिए ।

बिहीबार पोखराबाट काठमाडौँका लागि हुनुपर्ने कुनै पनि उडान हुन नसक्नु, दृष्यावलोकनका लागि उड्ने गरेको अल्ट्रालाइट सेवा र सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत लाई बाधा पुराउदा पर्यटकहरुलाई समेत  असर परेको छ ।

आज जोमसोमको लागि तय भएका सिम्रिक र तारा एयरका तीन/तीन उडान पनि हुन सकेन।