१७ चैत, काठमाडौँ – महानगरीय अपराध महाशाखाले भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
ललितपुर खोकनाका ४७ वर्षीय गनु डंगोल, नुवाकोट जिल्ला घर भएका २६ वर्षीय सोनाम तामाङ र नुवाकोटमा नै घर भएका ३५ वर्षीय दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सूचनाका आधारमा महाशाखाले तीनै जनालाई भालुको पित्त बेच्न हिँडेकाहरुलाई स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि महाशाखाले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।