Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जना पक्राउ

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौँ – महानगरीय अपराध महाशाखाले भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

ललितपुर खोकनाका ४७ वर्षीय गनु डंगोल, नुवाकोट जिल्ला घर भएका २६ वर्षीय सोनाम तामाङ र नुवाकोटमा नै घर भएका ३५ वर्षीय दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सूचनाका आधारमा महाशाखाले तीनै जनालाई भालुको पित्त बेच्न हिँडेकाहरुलाई स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि  महाशाखाले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।