Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि सञ्चालन

Thursday, March 30, 2017 National Power

१७ चैत, सोलुखुम्बु –  आफूहरुको माग विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै सोलुखुम्बुको तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि आज बिहानबाट सञ्चालन भएको छ ।

तिङ्लावासीले आफूहरुलाई सोलु दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने वा स्वायत्त तिङ्ला गाउँपालिका घोषणा गर्नुपर्ने माग राख्दै गएको शुक्रबारदेखि सोलु–ओखलढुङ्गा सडकअन्तर्गत तिङ्ला सडक खण्ड पूर्णरुपमा अवरुद्ध गरेका थिए । उनीहरुले ठाउँ–ठाउँमा रुख ढाल्नुका साथै ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेपछि एम्बुलेन्ससमेत अवरुद्ध भएको थियो ।

बन्दकर्ताको चौतर्फी विरोधपछि जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा हिजो भएको वार्तामा उनीहरुको माग केन्द्रमा पठाउने सहमतिपछि बन्द फिर्ता लिएका उनीहरुले आज बिहानैबाट यातायातका साधन गन्तव्यतर्फ जान थालेका सङ्घर्ष समितिले जनाएको छ।