Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

सडक विस्तार गैरन्यायिक भएको भन्दै विरोध प्रदर्शन

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौ – काठमाण्डौँका विभिन्न स्थानमा भइरहेको सडक विस्तार गैरन्यायिक भएको भन्दै  त्यसविरुद्ध राजधानीको माईतीघर मण्डलामा आज विरोध प्रदर्शन भएको छ ।
काठमाण्डौ उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिको अगुवाईमा राजधानीका सडक विस्तारबाट पीडीत भएको दाबी गर्दै एक समुहले आज माइती घर मण्डलामा विरोध प्रर्दशन गरेको हो । पीडीतहरुलाई सहमतिमा ल्याई घरजगगाको पर्याप्त तथा चलनचल्तीको बजार मूल्य अनुसारको क्षतिपूर्ति तथा मुआब्जा दिएर मात्र सडक विस्तार हुनुपर्नेमा सरकारले क्षतिपूर्ति तथा मुआब्जाको कुनै आधार तय नगरी अदालतको अन्तरिम आदेशको समेत पालना नगरी केही दिन यता अन्धाधुन्ध डोजर आतंक फैलाउदै सडक विस्तार कार्य गर्दै आएको दाबी पीडितले गरेका छन् ।

उनीहरुले सडक विस्तार कार्यको विरोधमा माइती घर मण्डलादेखि विजुली बजारसम्म नारावाजी सहित र्याली गर्दै पुन मण्डलामा पुगेर कोणसभा गरेका थिए ।  सडक विस्तारको नाममा भएका कामकारवाही तथा अध्याधिक सवारी साधनको प्रदुषणले मृगौला, क्यान्सर र मानसिक रोगीहरुको चाप अस्पतालमा दिन दिनै बढेको तथा उपत्यकाको वातावरण प्रदुषित बन्दै गएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण पीडीतले गराएका छन् ।