Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

निर्वाचनमा अनेरास्ववियुले जित हात पारेपछि विजयी जुलुस

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाण्डौँ – रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु) निर्वाचनमा जित हात पारेपछि बिहीबार अनेरास्ववियु समूहले विजयी जुलुस आयोजना गरेको छ। निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको थियो भने मङ्गलबार राति भएको मतगणनामा  ६ सय ९९ मत ल्याई शाही अध्यक्षमा चुनिएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमवहादुर साउदले ३ सय ६७ मत प्राप्त गरेका थिए।

सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य आठ सदस्यहरुमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वसी सिंह रहेका छन्।मङ्गलबार भएको निर्वाचनमा एकहजार २ सय ७६ विद्यार्थीले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले चैत २ गते निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मङ्गलबार निर्वाचन भएको हो।