Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

म्यादी प्रहरीमा जागिरको लागि नागरिकता लिनेको भीड

Thursday, March 30, 2017 National Power

१७ चैत, हुम्ला – जिल्ला प्रशासन कार्यालयमा हुम्लामा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि आएका छन् ।

सामान्य दिनमा दैनिक चार–पाँचवटा मात्र नागरिकता वितरण हुने कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जनाएको छ । म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।