Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

चलचित्र ‘पलाँस’ रिलिज हुँदै

Thursday, March 30, 2017 National Power


१७ चैत काठमाडौं  – यहि चैत १८ गतेबाट चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् ।

चौलागाइँले भनिन् “महिलाहरु कसरी बेचिन्छन् भन्ने मुख्य विषयमा रहेर एक जनाको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं । समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छैनन् वैदेशिक रोजगारीका नाममा कुवेतसँगै विभिन्न खाडी राष्ट्रमा महिलाहरु बेचिरहेका छन् । विदेशमा मात्रै नभई स्वेदशमै पनि महिलाहरुले समाजमा भोगिरहेको पीडा र हिंसालाई चलचित्रले उठाएको निमात्रीले बताईन्।

पलाँस सुगन्धरहित फूल हो त्यही सुगन्धरहित फूललाई प्रतिविम्बका रूपमा लिएर चलचित्रको नाम राखिएको हो ।

यही चलचित्रमार्फत रेखा एक वर्षपछि सेतो पर्दामा  देखिँदै छिन् ।  रेखा अक्सर आफ्नो ब्यानरमा महिलाप्रधान चलचित्र बनाउँछिन् । पछिल्लो चलचित्र ‘पलाँस’ पनि महिलाकै विषयको चलचित्र हो ।

नायक डेब्यूलाई चलचित्र पलाँस’ मार्फत नयाँ अनुहारलाई रेखाले आफ्नो अपोजिटमा उभ्याएकी छन् ।