Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

आत्महत्याबाट जोगिन नियमित योग, आध्यात्मिक चिन्तन गर्नुपर्ने

Wednesday, March 29, 2017 National Power

१६ चैत, भद्रपुर – आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ ।

बुधबार आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर र झापाले सुझाव दिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका प्रमुख डा निदेश सापकोटा र टिपी नेपाल दमकका परियोजना व्यवस्थापक डा. शालिकराम भट्टराईले मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न उद्देश्य रहेको सो कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिने जनाए ।