Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

खराव मौसमका कारण हवाई उडान रद्द

Wednesday, March 29, 2017 National Power

१६ चैत, काठमाडौं –  खराव मौसमका कारण काठमाडौंबाट विभिन्न जिल्लाका लागि तय भएको १० भन्दा बढी हवाई उडान रद्द गरिएको सम्बन्धित एयरलायन्स कम्पनीहरुले जनाएको छ ।

खराब मौसमका कारण बुद्ध एयरले पोखराका लागि राखेको ४ वटा उडान, सिम्रिक एयरले पोखराकै लागि राखेको उडान र गोमा एयरको पोखरा, लुक्ला र फाप्लुका लागि राखेको उडान पनि रद्द भएका छन् । नेपाल एयरलायन्सले खोटाङको खानीडाँडा, यति एयरको पोखरा उडान पनि रद्द भएका छन् । मध्यान्हसम्मका धेरैजसो उडानहरु रद्द भएपनि १२ बजेपछि मौसममा सामान्य सुधार भएपछि त्यसपछिका उडान सुचारु भएको सम्बन्धित एयरलायन्स कम्पनीहरुले जनाएका छन् ।