Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

चीन भ्रमणपश्चात प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

Wednesday, March 29, 2017 National Power

१६, चैत, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासमेतको सहभागीतामा स्थानीय तह निर्वाचन हुने दावी गरेका छन् । उनले निर्वाचनका विषयमा विभिन्न किसिमको आंशका नगर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्कनु भएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै संविधान संशोधन गरेरै भएपनि मोर्चालाई निर्वाचनमा सहभागी गराइने उनले बताएका छन् । सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय निर्वाचन अघि संविधान संशोधन गरिने उनले जानकारी दिए ।

चीन भ्रमण निकै फलदायी रहेको पनि प्रधानमन्त्री दाहालले बताए । नेपालको वर्तमान नेतृत्वलाई चीनले निकै विश्वास गरेको दावी गर्दै नेपालको आर्थिक समुन्नतीमा पनि चीन सरकार सदैव सहयोग गर्न तयार रहेको उनले बताए ।