Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चीन भ्रमणपश्चात प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

Wednesday, March 29, 2017 National Power

१६, चैत, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासमेतको सहभागीतामा स्थानीय तह निर्वाचन हुने दावी गरेका छन् । उनले निर्वाचनका विषयमा विभिन्न किसिमको आंशका नगर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्कनु भएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै संविधान संशोधन गरेरै भएपनि मोर्चालाई निर्वाचनमा सहभागी गराइने उनले बताएका छन् । सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय निर्वाचन अघि संविधान संशोधन गरिने उनले जानकारी दिए ।

चीन भ्रमण निकै फलदायी रहेको पनि प्रधानमन्त्री दाहालले बताए । नेपालको वर्तमान नेतृत्वलाई चीनले निकै विश्वास गरेको दावी गर्दै नेपालको आर्थिक समुन्नतीमा पनि चीन सरकार सदैव सहयोग गर्न तयार रहेको उनले बताए ।