१६ चैत, मोरङ – मंगलबार बेलुका करेन्ट लागेर मोरङ मझारे–२ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह रहेका छन् ।
बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
कोशी अञ्चल अस्पतालमा मृतकको शव परीक्षणका लागि राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।