Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मुलुकको पूर्वी तथा मध्य भेगमा आज दिनभरी बर्षा हुने

Wednesday, March 29, 2017 National Power

१६ चैत्र, काठमाडौं  – काठमाडौं उपत्यका सहित मुलुकको पूर्वी तथा मध्य भेगमा आज दिनभरी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बंगालखाडीबाट आएको जलवास्पयुक्त वायुको प्रभावका कारण बर्षा हुने जनाएको हो। काठमाडौंको मौसममा केही दिन सुधार आएपनि गएरातीबाट पुनःबर्षा सुरु भएको हो । काठमाडौं उपत्यका सहित मध्य भेगमा भोली सम्म र पूर्वी भेगका केही स्थानमा आज साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ भने वायुमण्डलको तल्लो भुभाग जमिनको सतह भन्दा केही माथी मात्रै रहेकाले पानी परेसँगै चिसो समेत बढेको बताइएको छ । जलवाष्प युक्त हावाको प्रभावका कारण मौसममा वदली सहित सामान्य वर्षा भएको महाशाखाको अनुमान छ । काठमाडौं उपत्यकामाथिको बादल हट्न भने केही दिन लाग्नेछ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।