Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

मुग्लिन सडक खण्ड निमार्ण कार्यलाई तिब्रता दिन दैनिक ६ घण्टा बन्द

Tuesday, March 28, 2017 National Power

१५ चैत चितवन – मंगलबार देखि नारायणग–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजना समितिले यस अघि दैनिक दिउँसो साढे चार घण्टा बन्द हुँदै आएको सडक खण्ड मंगलबारबाट दैनिक ६ घण्टा बन्द गर्न समय तालिका पनि सार्वजनिक गरेको बताए ।

आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले अर्को सूचना नआउँदासम्म दिउँसो १० बजेदेखि ४ बजेसम्म सो सडक बन्द हुने जानकारी दिए ।

उक्त सडक खण्डलाई एशियाली मापदण्ड अनुरुप दुई लेनको बनाउने काम भइरहेको छ ।

सडक खण्ड निमार्णका लागि दिनमा सवारी संचालनमा केही समय रोक लगाइएको पनि खनालले स्पष्ट पारे ।

आयोजना समितिले सो समयमा सकेसम्म बैकल्पिक सडक प्रयोग गर्न पनि सबै चालक तथा  पदयात्रीसंग अनुरोध गरेको छ ।